+
+

प्रहरी दिवसमा गुल्मीका ७ प्रहरी अधिकृत तथा जवान पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १३:२३

२० असोज, गुल्मी । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ ।

बुधबार नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उदाहरणीय र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार तिलक बेल्बासे, प्रहरी जवानहरु कृष्णबहादुर रायमाझी, दुर्गा बुढा, दीपक बोटे, शुभम घर्ती मगर, सरोज श्रेष्ठ रहेका छन् । तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले नगदबाट सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?