

काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई एक लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको आर्थिक सहयोगबाट बाल मन्दिरमा रहेका बालबालिकाको लागि नयाँ कपडा खरिद गर्नका लागि आर्थिक सहयोग गरेको उनले बताए ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता शर्माले जनाए ।
साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई पनि नगद र खाद्यसामग्री वितरण गरेको छ । यसै गरी बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मावि, रुपन्देहीको दृष्टिबिहीन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
यसैगरी असोज १६ गतेका दिन बैंकको वीरगंज शाखाको सहभागितामा भिष्व डाँडामा र असोज १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाइ गरेको बैंकको भनाइ छ । उक्त कार्यक्रमहरुमा नियमित सरसफाई कायम राख्न डस्टबिन लगायतका सरसफाईका सामग्रीहरु पनि हस्तान्तरण गरिएको छ ।
बैंकले आफ्नो १४औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित