+
+
Shares

राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइयो : गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १८:५७
फाइल तस्वीर

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दाबी गरेका छन् ।

बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताए ।

आफू निष्कलंक रहेको पटक–पटक दोहोर्‍याउँदै गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौती छ राज्यसँग । मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक पैसा पनि हिनामिना गरेको छैन । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’

आफू कांग्रेसमा प्रवेश गरेपछि केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?