+
+

बेंगलाेरमाथि हैदरावादकाे राेमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ७:४४

२१ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएकाे खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ ।

अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाएपछि हैदरावादले राेमाञ्चक जित हात पारेकाे हाे ।

बैंगलोरका देवदूत पडिकलले सर्वाधिक ४१ र ग्लेन म्याक्सवेलले ४० रन बनाए ।

एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन् ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ र कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

यस सिजन हैदरावादकाे याे १३ खेलमा तेस्राे जित हाे । पराजित बैंगलोर १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?