
२१ असोज, रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।
रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन ।
बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो ।
६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा बाघले चिथोरेको छ ।
घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4