+
+

शोभितसँगको भेटमा राजेश हमालले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:४९

नेपाली चलचित्रका धेरै दर्शकले राजेश हमाललाई ‘महानायक’ मान्छन् । तर, केही चलचित्रकर्मीले अझै पनि हमाललाई ‘महानायक’ मान्न तयार छैनन् । यसैले, हमाललाई केही संस्थाले दिएको ‘महानायक’को उपाधिमाथि विवाद सिर्जना हुँदै आएको छ ।

नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् । जसले बारम्बार यो बिषयमा हमालको आलोचना गरे । आफू निर्देशित ३१ औं चलचित्र ‘डाँडाको वर पीपल’को कार्यक्रममा पनि शोभितले हमालको आलोचना नै गरे ।

तर, यो आलोचना उनका लागि भारी पर्यो । शोभितले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने राजेश हमाल नै ‘महानायक’ भएको भन्दै माफी मागे । उनै, शोभित र राजेश हमालविच भेट भएको छ । भेटका क्रममा शोभितले हमाल नै ‘महानायक’ भएको बताएका थिए ।

नायक हमालले भने शोभितलाई चलचित्र क्षेत्रमा कति बर्ष बिताउनुभयो भनेर सोधेका थिए । शोभितले २६ बर्ष भयो भनेपछि हमालले आफूले ३१ बर्ष यो क्षेत्रमा बिताइसकेको जवाफ दिएका थिए । हमालसँगको भेटबारे शोभितले भने–‘उहाँले मलाई हामीले यो क्षेत्रमा यति लामो समय बिताइसकेका छौं । किन यो बिषयमा बहस गरेर बसेका हौं भनेर भन्नुभयो । अब, हामीले गरेका कामको चर्चा गर्नुपर्छ भन्ने कुरा गरेपछि म पनि सहमत भएँ ।’

राजेशले यो क्षेत्रमा लामो समय बिताइसकेकाले अब आफूहरुको काम र योगदानको बिषयमा कुरा गर्नुपर्ने बताएका थिए । शोभितले भने–‘अब म राजेश हमाललाई ‘महानायक’, भुवन केसीलाई ‘सुपरस्टार’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?