+
+

मुलुकको अर्थतन्त्र उठाउन सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १८:५३

२१ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र माथि उठाउन सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्ने बताएका छन् । बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकार समन्वयकारी भूमिकामा रहने भन्दै सरकारले लगानी नगर्ने र व्यवस्थापनमा बढी केन्द्रित हुने उनको भनाइ थियो । ‘संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो,’ उनले भने, ‘समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ ।’

समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्ने उनको भनाइ छ । ‘सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो । समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ,’ उनले भने, ‘ यसरी जान सकियो भने छोटो समयमा समृद्ध हासिल गर्न सकिन्छ ।’

नेपालको विकास क्रम हेर्दा सामुदाय प्राथमिकतामा रहेको भन्दै उनले मुलुकका ठूला-ठूला भवन, दरबार समुदायले सहकार्यमार्फत नै निर्माण सम्भव भएको स्मरण गरे । अहिले समुदाय केन्द्रित भएर समग्र राष्ट्रको विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

सहकारीहरूले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको भन्दै उनले त्यो लगानी अब उत्पादनमुलक क्षेत्रमा लगाउन आग्रह गरे । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उनले बताए ।

सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जनकारी गराउँदै उनले सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा व्यवस्था गरिएको बताए । अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?