+
+

लयमा फर्किन संघर्षरत् सान्चो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १८:५५

२१ असोज, काठमाडौं । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड आएका जाडोन सान्चो २०२०/२१ को सिजनको शुरुआतमा सुस्त देखिएका छन् । बुन्डेसलिगामा उनले राम्रो प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा पनि उनले त्यही लय कायम राख्ने अनुमान गरिएको थियो ।

प्रशिक्षक ओले गुनार सोल्स्कजाइरले रासफोर्डलाई बेञ्चमा राखेर पनि सान्चोलाई मोका दिएका छन् । तर उनले आफूलाई साबित गर्न सकेका छैनन् ।

‘मलाई सान्चोलाई टोलीमा राख्नु ठीक लाग्छ किनकि उनी क्रिएटिभ, निडर, क्षमतावान, इमान्दार हुनुका साथै म्यानचेस्टर युनाइटेडको सफलताको लागि सकेसम्मको योगदान दिन तत्पर छन्,’ गत अगष्टमा सोल्स्कजाइरले भनेका थिए, ‘उनी युवा खेलाडी हुन्, तर कहिलेकाहीं यी युवा खेलाडीको काँधमा सबै किसिमको अनुभव छ जस्तो लाग्छ ।’

गोलरहित सिजन

ट्रान्सफर मार्केटका अनुसार २१ वर्षीय सान्चोको बजार मूल्यांकन म्यानचेस्टर युनाइटेड आएसँगै १० करोड युरोबाट नौ करोड युरोमा झरेको छ ।

सान्चोले अहिलेसम्म प्रिमियर लिगका दुई खेल खेलेका छन् । तर अहिलेसम्म कुनै गोल भने गर्न सकेका छैनन् । यद्यपि गत साता भिल्लारियलमाथि २–१ को जित निकाल्न उनले भूमिका खेलेका थिए ।

सोल्स्कजाइर अझै पनि सान्चोप्रति विश्वस्त देखिन्छन् । ‘बुधबार भिल्लारियलविरुद्ध जाडोन विशेष देखिएका थिए,’ उनले भने, ‘उनी विशिष्ट क्षमताका छन् र समर्थकले पनि उनलाई मन पराएका छन् । मलाई उनले पनि समर्थकसँगको सम्बन्ध बुझेजस्तो लाग्छ ।’

‘उनले अहिलेसम्म गोल गर्न सकेका छैनन्, तर त्यो रात (बुधबार) मैले सोचें कि जाडोनलाई त्यो खेलमा कति दबाब थियो,’ सोल्स्कजाइरले भने । उनको विश्वास छ, आगामी दिनमा सान्चोले आफ्नो खेल देखाउनेछन् र शीर्ष खेलाडीमा सामेल हुनेछन् । टोलीमा रहेका क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानीजस्ता शीर्ष खेलाडीबाट पनि उनले धेरै कुरा सिक्न सक्ने युनाइटेडका प्रशिक्षक साल्स्कजाइरको भनाइ छ ।

गेरेथ साउथगेटको आलोचना

इंग्ल्याण्डका फुटबल प्रशिक्षक गेरेथ साउथगेटले भने म्यानचेस्टर युनाइटेडले सान्चोलाई टोलीमा ल्याएर गल्ती गरेको बताएका छन् ।

कुनै समय सान्चोलाई इंग्ल्याण्डको टोलीमा राखेका साउथगेटका अनुसार सान्चो अहिले फर्ममा छैनन् । म्यानचेस्टर युनाइटेड इंग्ल्याण्डको सबैभन्दा ठूलोमध्ये एक क्लब भएको भन्दै साउथगेटले सान्चो यो क्लबका लागि योग्य नभएको बताएका छन् । उनले सान्चोलाई केही समय म्यानचेस्टर युनाइटेडको प्रक्रियाको विषयमा जानकारी दिन जरुरी रहेको बताएका छन् ।

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?