+
+

साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ७:४८

२२ असोज, काठमाडौं । साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई २-० ले पराजित गरेको हो ।

मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा दुवै गोल गरेको हो ।

खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ । ३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।

लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छ । यस्तै २ खेलबाट दुई बराबरीसहित २ अंक जोडेको भारत चौथो स्थानमा छ । ३ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा छ र फाइनल होडबाट बाहिरिसकेको छ ।

अब नेपालले आइतबार भारतसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?