+
+

राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण : मेटमणी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १२:००

२२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताएका छन् ।

समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले सो धारणा सार्वजनिक गरेका हुन् । चौधरीले भनेका छन्– दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ ।

एकीकृत समाजवादीबाट बन्ने मन्त्रीहरुको नाम प्रस्ताव गर्दा चौधरीको नाम परेको छैन ।

को मन्त्री बन्यो वा बनेन भन्ने विषय मुख्य नहुने उल्लेख गर्दै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहिँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।’

उनले नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी नभएको पनि बताएका छन् । ‘पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?