+
+

‘डाँडाको वर पीपल’को ‘तिमी साथमा हुँदा’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:५४

चलचित्र ‘डाँडाको वर पीपल’मा समावेश तेश्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । यो चलचित्र असोज २६ गतेबाट रिलिज हुँदैछ । दशैंको फूलपातिको अवसरमा रिलिज हुन लागेको चलचित्रको यो गीतमा सुगम पोखरेल र जिना रसाइलीको स्वर छ । नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, रुविना थापाको प्रेम हेर्न सकिन्छ ।

पछिल्लो समयका व्यस्त कोरियोग्राफर रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । यो चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय छ ।

नवराज गिरीको लगानी रहेको यो चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । यो चलचित्रलाई तिहारमा ओटीटी प्लेटफर्मबाट पनि रिलिज गर्ने तयारी निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?