+
+

मिनेन्द्र रक्षा र दिलेन्द्र कानुनमन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १४:५२

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ ।

कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल,  दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन,  न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका छन् ।

कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भएकी छन् ।

रिजाल र बडु वरिष्ठ नेता पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । रिजाल रक्षा मन्त्रालय सम्हाल्ने छन् भने बडु कानुन,  न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् ।

रिजाल रक्षा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको प्रस्तावमा रिजाल मन्त्री बन्न लागेका हुन् भने बडुलाई नेता पौडेलले सिफारिस गरेका हुन् ।

पौडेल समूहमा रिजाल, बडु, तेजुलाल चौधरी र राजेन्द्र केसीको नाम मन्त्रीका लागि चर्चामा थियो । केसीलाई मन्त्री  बनाउन पूर्वमहामन्त्री प्रकाशमान सिंहको जोड थियो भने पौडेलले चौधरी र बडुका पक्षमा लबिङ गरेका थिए ।

मन्त्री चयन गर्दा भूगोल र समुदायलाई पनि हेर्नुपर्ने भन्दै सुदूरपश्चिम प्रदेशका बडु मन्त्री बन्ने भएका हुन्। प्रदेश दुईबाटै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट उमाकान्त चौधरी मन्त्री बन्दैछन् ।

कांग्रेसको भागमा आठ मन्त्री र एक राज्यमन्त्री परेको छ । सरकारमा कांग्रेसकातर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री जिम्मेवारीमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा मन्त्रालय आफैसँग राखेर बाँकी चार मन्त्री आज नियुक्त गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?