+
+

कोरोना विशेष अस्पताल तुलसीपुरमा सारियो

रासस रासस
२०७८ असोज २२ गते १७:५९

२२ असोज, दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीलाई आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भएपछि अस्पताललाई तुलसीपुरमा सारिएको हो।

तुलसीपुरमा कोरोना छुट्टै इकाइको स्थापना गरी सो अस्पताललाई हस्तान्तरण गरिएको छ । सो कोरोना एकाइको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरे ।

कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाइसहित, आइसियु, एनआइसियु, अक्सिजन प्लान्टसहित कोरना उपचार सेवा सुरु गरिएको उनले बताए ।

नगरप्रमुख पाण्डेले अब कोरोनाको सबै उपचार यहीबाट हुने उल्लेख गर्दै कोरोना उपचारमा अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेदिक चिकित्सा अध्ययन संस्थानलाई बेलझुन्डीलाई कोरोना विशेष अस्पताल सञ्चालनमा सहयोग गरेको धन्यवाद व्यक्त गरे ।

भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद चिकित्सा अध्ययन संस्थानको भवनमा गत वर्ष कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो।

साविकका राप्ती पाँच जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको सो अस्पतालबाट दैनिक दुई हजार बढी कोरोनाका बिरामीले सेवा पाएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?