+
+

पहाडको हाट-बजार : घट्दैछ रौनक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १८:०९

पूर्वमा पहिलेदेखि नै हरेक चोकचोक हाट बजारका केन्द्र हुन्थे भने हरेक बार हाट लाग्ने भिन्न भिन्न ठाउँहरु थिए । आफूले उत्पादन गरेको सामान दिएर एकै ठाउँबाट आफूलाई चाहिने सामान ल्याउनु हाट बजारको विशेषता थियो । जतिबेलासम्म बजारीकरणले मुलुकभर पसल खोल्ने चलन सुरु भएको थिएन, त्यतिबेलासम्म हाटबजार मान्छेको आवश्यकता पूरा गर्ने एउटा निर्विकल्प केन्द्र थियो ।

सुगौली सन्धि लगत्तै इलाम भेगको सदरमुकाम बन्यो करफोक । त्यतिबेला करफोकमा नै सामान बिक्री हुन्थ्यो होला । तर सन्धिको ठीक २ वर्षपछि जब करफोकबाट मुकाम इलाम बजारमा गयो, त्यहीँ आसपासका भेगबाट सामान ल्याएर हाट बजार बसाउन थालियो ।

स्थानीय पत्रकार धर्म गौतम यही दिनबाट इलाम बजारमा हाट बस्न सुरु भयो भन्ने यकिन नभए पनि मुकाम सुरेपछि बिस्तारै यहाँको हाट बजार व्यवसाय फस्टाउन थालेकोमा भने शंका नरहेको बताउँछन् ।

बिस्तारै इलामबजारबाहिर पनि हाट बस्न थाल्यो । बिहीबार नै किन हाट बस्न थाल्यो भन्ने प्रश्नको उत्तर दिन सहज छैन । तर हरेक ठाउँमा बार अनुसार बजार बस्ने गरेको जस्तै कुनै बार छान्दा यहाँ बिहीबार राख्न थालिएको हुन सक्ने गौतम बताउँछन् । त्यतिबेलादेखि नै हाट २ दिन लाग्थ्यो । आइतबार सानो हाट लाग्थ्यो । तर बिहीबार भने भव्य माहोल जुट्थ्यो ।

परम्परा धान्नमात्रै अहिलेको हाट

त्यस्तै, हाट चल्न त अहिले पनि चल्छ । तर अहिलेको हाटमा पहिलेको जस्तो उत्साह छैन । पहिलेपहिले इलाम बजारबाहेक वरपर पसलहरु थिएनन् । सलाई सकिए पनि नुन सकिए पनि या त अरुसँग पैँचो माग्नु पथ्र्याे या त हाट बजारको बार कुर्नुपथ्र्याे । बजारमा काम परेर आउने बाहेक पनि बजारको माहोल बढाउन गाउँका गन्यमान्य मान्छेहरु समेत टन्नै आउने गर्थे ।

माडवाडीले कपडाको थुप्रो राख्नेदेखि, चुरौटेले चुराको व्यापार होस् या त बैद्यको औषधिका लागि समेत हाट बजारको प्रतीक्षा गर्ने चलन थियो । इलाममा वैद्यहरु राणा बडाहाकिमहरु आउँदा ल्याएका हुन् । उनीहरुले कलकत्ता गएर औषधि ल्याएर उपचार गर्ने गर्थे ।

तर अहिले यो परम्परा धान्नमा मात्रै सीमित भएको छ । अहिले हाट त बस्छ तर क्रेता र विक्रेताहरु सबै गाडीमा आउने र गाडीमै फर्किने गर्थे । पहिलेजस्तो चौबाटो सबै ढाकिनेगरी पसल पनि बस्न छाडेका छन् । हाट बजार अहिले अस्तित्व रक्षाको संघर्षमा लागिरहेका छन् ।

 

व्यापारको केन्द्र हाट बजार

गौतमलाई स्मरण भएको सबैभन्दा पुरानो हाट बजार २०१५÷१६ सालतिरको हो । माडवाडीले कपडाको थुप्रो राख्नेदेखि, चुरौटेले चुराको व्यापार होस् या त बैद्यको औषधिका लागि समेत हाट बजारको प्रतीक्षा गर्ने चलन थियो । इलाममा वैद्यहरु राणा बडाहाकिमहरु आउँदा ल्याएका हुन् । उनीहरुले कलकत्ता गएर औषधि ल्याएर उपचार गर्ने गर्थे ।

वि.सं. २०१५ सालसम्म आइपुग्दा नेपालमा मुद्रा विनिमयको चलन सुरुभइसकेको थियो । त्यतिबेला भारतीय रुपैयाँ चल्ने गथ्र्याे । चिनी, धान चामल, मकैं आदिमा भरेरै दिने गरिन्थ्यो । लेकाली बजारमा लेकको आलुलाई तौलिएर दिइन्थ्यो ।
तर अहिले अधिकांश कारोबार वस्तुविनिमय हराइ सकेको छ ।

हाट बजारको सम्बन्ध वस्तुविनिमयसँग पनि रहन्छ । तर बजारी करण र यातायातको पहुँचले अहिले इलाममा झापाबाट सामान आउन थाल्यो । पहिले पहिले गाउँघरमा परम्परागत खेती प्रणाली हुन्थ्यो र जोसँग जे छ त्यही साँट्ने गरिन्थ्यो ।तर अहिले गाउँमा पनि सबैले नगदेबाली लगाउन थालेपछि वस्तु विनिमयको चलन हराउँदै जान थालेको छ ।

कहिलेदेखि सुरु भयो परिवर्तन ?

गौतम भन्छन् ‘२६ सालतिरसम्म यसमा खासै परिवर्तन आएको थिएन । त्यतिबेला सर्वाङ्गिण विकासको अवधारणासँगै बाटोघाटो र शहरीकरणको सुरुवात भयो । त्यसपछि बिस्तारै हाट बजारको पद्धतिमा पनि परिवर्तन हुँदै गयो ।

पहिलेपहिले स्थानीय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने हाट बजारले अहिले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि बिस्तारै परनिर्भर बन्ने क्रम सुरु हुँदै गयो । आफ्नो उत्पादन कम भएपछि बिस्तारै हाट संस्कृतिमा पनि परिवर्तन आउन थालेको हो ।

 

फोटो : मिलन मुखिया 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?