 
																			घरको छत, वार्दली आदिलाई सदुपोग गर्दै सागसब्जी उत्पादन गर्न सकिन्छ । कतिपय शहरियाहरु यसरी नै आफ्नो माटो, आफ्नै पसिनाको कृषि उत्पादन उपभोग गरिरहेका छन् । यसरी उत्पादित सागसब्जी आफ्नो भान्सामा मात्र खपत गरिरहेका छैनन्, बिक्री वितरण गरेर आय आर्जन समेत बढाइरहेका छन् ।
कौसी खेतीलाई बढाव दिनका लागि हालै मात्र ‘कौसी क्वीन’ आयोजना गरिएको छ । दोस्रो संस्करण अन्र्तगत भएको ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले उक्त कार्यक्रमको मेलोमेसो मिलाएको हो ।
उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए । ताजसंगै उनले ५० हजार रुपैयाँ वरावरको कौसीमा ग्रीन हाउस उपाहार पाएकी छन् ।
त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन । सोही कार्यक्रममा अप्रतियोगि पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो ।
फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाएका छन् ।
यस्ता खालका क्रियाकलापले शहरी खेती गर्न सवैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए । अझ घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस बनाउन सकेमा झनै राम्रो हुने वताए । यसपछि १० वटा विद्यामा फार्मर हाउस कम्पिटिसनको आयोजना गर्ने पनि श्रेष्ठले जानकारी दिए । बाख्रा फार्मर अफ दी इयर, भेजिटेवल फार्मर अफ दी इयर, फ्रूट्स फार्मर अफ दी इयर लगायत १० वटा क्याटोरीगरिमा प्रतिष्पर्धा गराई कृषकमाझ कृषिलाई सम्मानित गराउने उद्देश्य हलोखबरले लिएको छ ।
प्रतियोगिताको निर्णायकहरुमा इजरायली राजदूत खनान गोदेर, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीबास्तव, गत सालको फूलतर्फकी विजेता डा।नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी रहेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4