+
+

धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १६:०२

२४ असोज, काठमाडौं । बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि पीडित परिवारका सदस्यले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएका हुन् । धोबी र कुर्मीको हत्यारामा संलग्नलाई कारबाही हुनुपर्ने माग उनीहरुले गरेका छन् । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको उनीहरुको आरोप छ । तर स्थानीय प्रहरी प्रशासनले हत्यामा संलग्नविरुद्ध मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।

दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडि नबढाएको आरोप लगाउँदै उनीहरुले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही हुनु पर्ने माग समेत राखेका छन् ।

धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी रहने बताइन् । काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरुको माग सुनुवाइ हुन नसकेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?