+
+

टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १५:५८

२४ असोज, काठमाडौं । यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो ।

कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।

यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चर्ण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।

आईसीसी टी२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

कूल १६ टोलीको सहभागिता रहेने टी२० विश्वकपमा पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष चार दोस्रो दोस्रो चरण अर्थात सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ पछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?