+
+

हङकङ चरेस पठाउने गिरोह काठमाडौंमा समातियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:२५

२४ असोज, काठमाडौं । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्‍वरले नेपालबाट हङकङ चरेस कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

२०७८ साल असोज १४ गते लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले ललितपुर-२० मानभवनस्थित ब्‍लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ७ केजी ९७७ ग्राम चरेस र नगद १ लाख बरामद गरेको छ ।

ब्युरोका अनुसार हङकङ पठाउन लागेको ९ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाइ राखिएको लागू औषध चरेस-३ के.जी. ५० ग्रामसहित उर्लाबारी-८ घर भएका ३२ वर्षीय अन्जित थापालाई पक्राउ गरिएको हो।

यस्तै अनुसन्धान गर्ने क्रममा सोही दिन अन्जित थापालाई उक्त चरेस दिने सुनकोसी गाउँपालिका-५ घर भइ हाल हात्तिवन बस्‍दै आएका ३० वर्षीय सुजन श्रेष्ठ,
सुजन श्रेष्ठलाई चरेस दिने लिखसु गाउँपालिका-५ सिन्धुपाल्चोकका ४१ वर्षीय सागर भन्‍ने जालिन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

पक्राउ परेका जालिन्द्रको कोठाबाट प्रहरीले सानो थाङ्कामा प्रयोग हुने आयातकार आकारको काठको ९६ थान लिस्टिभित्र लुकाएर राखेको २ केजी ४० ग्राम चरेस, २ वटा फेबिकलको २ वटा डब्बा, फलामको २ वटा हेक्सा ब्लेड, २ वटा छिना, एउटा चक्कु, २ वटा हथौडा, १ वटा धार लगाउने सिलेली, २ वटा फरामको ढुङ्ग्रो, ४ वटा रोल गरिएको टेप बरामद गरेको छ ।

यस्तै अनुसन्धान गर्दैजाँदा असोज १५ गते सखुवा पर्सौनी घर भइ हाल काठमाडौं महानगरपालिका ६ बौद्ध बस्‍दै आएका सिलाई बुनाइको काम गर्ने दिनदयाल महतो उरावँकोर दीपेन्द्र महतोलाई समेत पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ब्‍युरोले सानो थाङ्कामा प्रयोग हुने आयातकार आकारको काठको लिस्टि -११३ थानमा लुकाई छिपाई राखिएको २ के.जी. ८७५ ग्राम लागू औषध चरेस, डिजिटल तराजू -३, सिलाई मेशिन -१, रोलिङ मेशिन -१, फेबिकोल -२, सोली आकारको डमरू जस्तो देखिने हस्तकला -७ वटा सामान लगायत नगद रु. १ लाख बरामद गरेको छ।

यस्तै सागर भन्ने जालिन्द्र श्रेष्ठ र सुजन श्रेष्ठलाई लागू औषध चरेस बिक्री गरेको आरोपमा असोज १५ गते काठमाडौं महानगरपालिका-१४ बाट थाहा नगरपालिका-११ बस्ने ४५ वर्षीय रबि मुक्तानलाई ब्युरोले पक्राउ गरेको छ । उनको कोठाबाट प्रहरीले ९ ग्राम ५०० मिलीग्राम चरेश बरामद गरेको छ ।

यस्तै कलंकीबाट रबि मुक्तानलाई लागू औषध चरेस उपलब्ध गराउने थाक्रे गाउपालिका-३ धादिङका २३ वर्षीय मोतीलालई तामाङलाई २ ग्राम ५ ०० मिलिग्राम चरेससहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत कानुन बमोजिम म्यादथप गरी आवश्यक थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?