+
+

गण्डकीमा डोबाटे विक पनि मन्त्री बन्ने

अमृत सुवेदी अमृत सुवेदी
२०७८ असोज २५ गते १०:१२

२५ असोज, पोखरा । गण्डकी प्रदेशमा डोबाटे विक पनि मन्त्री बन्ने भएका छन् ।

यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । विकलाई अन्तिम समयमा हटाएर व्यवसायीक थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर विकलाई पनि मन्त्री बनाउने सहमति गरेको स्रोतले जनायो ।

‘विकलाई तत्कालका लागि विनाविभागीय मन्त्री बनाउने र पछि जिम्मेवारी तोक्ने सहमति भएको छ,’ स्रोतले अनलाइनखबरलाई भन्यो । विकलाई आज ५ बजे सपथ खुवाउने तयारी छ ।

विक वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहका हुन् । गण्डकी प्रदेश सभामा देउवा समूहकाे बहुमत छ । यसअघि विककाे नाम पक्का भइसकेपछि देउवा समूहका विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ र मणिभद्र शर्माकाे नाम टुंगाे लगाइएकाे थियाे । डाेबाटे सपथ लिन हिँडेर पनि बाटैबाट फर्किएका थिए ।

विक अब मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बन्ने छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ पुर्याउने ओएनएम गरेका थिए ।

डोबाटेलाई मन्त्री बनाउने विषयमा केही दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले र देउवासँग काठमाडौंमा छलफल गरेका थिए । देउवा अहिले पोखरा हुँदा उनलाई मन्त्री बनाउने पक्का भएको हो ।

गृह मन्त्रालय अहिले मुख्यमन्त्री आफैंले राखेका छन् । गृह वा भौतिक पाउने गरी आफूलाई जिम्मेवारी दिन थापाले देउवालाई आग्रह गरेका छन् । तर, भौतिक मन्त्री कुमार खड्का यसमा सहमत छैनन् ।

यही विषयमा देउवाले खड्का र थापालाई राष्ट्र बैंक चोकस्थित अतिथि गृहमा बोलाएर छलफल गरेका थिए । सो क्रममा देउवासँग खड्काले थापासँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको र सरकार गठन हुँदा जसपालाई समेत आफूले मिलाएको बताएका थिए ।

कास्कीमा पछिल्लो समय खड्का र थापाबीच किचलो छ । उनीहरू एउटै निर्वाचन क्षेत्रका हुन् । सरकार निर्माणमा आफैंले मिलाएको र धेरै समस्या सल्ट्याएकाले खड्का केन्द्रमा रहन चाहन्छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?