+
+

बालबालिकाको सहयोगका लागि ब्लिंक नाउसँग रोह्तो मेन्थोलाटम नेपालको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:१०

काठमाडौं । रोह्तो मेन्थोलाटम नेपाल र ब्लिंक नाउ फाउण्डेसनबीच आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले साझेदारी भएको छ।

सुर्खेतको ब्लिंक नाउ बालबालिकाहरुको संरक्षण र समग्र विकासका लागि काम गरिरहेको गैरनाफामुखी संस्था र नाउबीचको साझेदारीले आर्थिक स्थिति कमजोर रहेका बालबालिकाहरुको समग्र व्यक्तित्व विकासमा योगदान पुग्ने रोथो नेपालको विश्वास छ।

ब्लिंक नाउले लामो समयदेखि कोपिला भ्याली स्कूलको भोजन र पोषण कार्यक्रम सहयोग गर्दै आइरहेको छ । हाल कोपिला भ्याली स्कूलमा ४०० बालबालिका अध्ययनरत छन् । त्यसमध्ये करिब ४० जना बालबालिका ‘चिल्ड्रेन्स होम’ मा बस्दै आएका छन् । यसैगरी १० बालिकाहरुलाई बिग सिस्टर्स होममा राखिएको छ।

ब्लिंक नाउले कोपिलामा रहेका बालबालिकालाई निःशुल्क शिक्षा, शैक्षिक सामग्री, पौष्टिक खाना, र उचित स्वास्थ्य सेवा दिन सहयोग गर्दै आएको छ। रोह्तो नेपालको सहयोगबाट ब्लिंक नाउद्वारा सञ्चालित कोपिला भ्याली स्कूलका बालबालिकाका लागि पौष्टिक भोजन प्रदान गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?