+
+

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते ११:४०
कर्णाली नदी थुनिएपछि तल्लो क्षेत्रमा घटेको जलसतह । तस्वीर : महेश फर्सालको फेसबुक

२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो ।

डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?