+
+

जनमत पार्टीका नेताको मोटरसाइकलमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १९:४६
फाइल तस्वीर

२६ असोज, जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति अज्ञात व्यक्तिले आगजनी गरेको मण्डलले बताएका छन् ।

केहि अपराधिक व्यक्तिले राजनीतिक प्रतिशोधका कारणले मोटरसाइकलमा आगो लगाएको भन्दै पार्टीका जिल्ला सचिव सन्तोष यादवले घट्नामा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्न र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

सचिव यादवले मंगलबार बिज्ञप्ती जारी गर्दै आगजनी घट्नामा संलग्नलाई अबिलम्ब पक्राउ नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?