+
+

जनकपुरधामका शक्तिपीठहरुमा ‘खोँइछ’ भर्नेको भीड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १३:३८

२७ असोज, धनुषा । जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ (छोरीको विदाइ) भर्नेको भीड लागेको छ ।

राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड छ ।

विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै सन्तान खोँइछ भरिरहेका छन् । खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

मिथिलामा छोरीको विदाईभन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ ।

त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?