+
+

रोचक कुरा, बलिउड गायक बप्पी लहरी किन यसरी गहना लगाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १३:३९

बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।

बप्पी लहिरीलाई सधैं नै एउटै स्टाइलका कपडा तथा सुनको सिक्रि लगाएको देख्न पाइन्छ । बप्पी लहरीले आफ्नो हुलियो कोबाट प्रभावित भएर बनाएका होलान् ? यो जिज्ञासामा उनको जवाफ छ-‘मेरो आदर्श व्यक्ति हलिउडका गायक एल्विस प्रेस्ली हुन् । उनी पनि सुनका सौखिन थिएँ । हातमा ब्रास, घाँटीमा ठूलो क्रम भएको सिक्री आदि लगाउँथे । म जब फिल्म क्षेत्रमा आएँ, त्यहि बेला मलाई मेरी आमाले पहिलो पटक सुनका सिक्री उपहार दिइन् । त्यसपछि मेरी श्रीमतीले गणेशको प्रतिमासहितको सिक्री बनाइदिइन् । त्यही दिनदेखि मैले सुनलाई भाग्यशाली मान्न थालें । सुनकै कारण विश्वभरी नै मेरो एउटै इमेज स्थापित भयो ।’

आफ्नो शरीरमा लगाइएका गहनाहरु प्रति बप्पी लाहिरीको भनाइ छ-‘यदि तपाईंले ध्यान दिएर मेरो सिक्रीमा हेर्नु भयो भने त्यसमा तपाईंले गणेशजी देख्नु हुनेछ । त्यसलाई पल्टाउनु भयो भने अल्लाह देखिने छने । यदि तपाईंले मेरो दोस्रो सिक्री हेर्नु भयो त्यसमा कृष्णलाई देख्नु हुनेछ, त्यही सिक्रीलाई पल्टाउनु भयो भने जिसस पनि देखिने छन् । म त हरेक धर्मलाई इज्जत गर्छु । यीनिहरुलाई म ईश्वरको आशीर्वाद सम्झेर घाँटीमा झुण्ड्याएर हिँड्छु । म जातले ब्राम्हण हुँ । तर म हरेक धर्मलाई उत्तिकै सम्मान गर्छु । जन्मले नै म हिन्दु हुँ, त्यसैले हिन्दुत्व मेरो धर्म हो । तर म अन्य धर्मलाई अपमान गर्दिन । म हरेक व्यक्तिलाई के भनिरहेको हुन्छु भने तपाईं आफ्नो धर्म मान्नु होस्, तर अर्को धर्मलाई कहिले पनि अपमान नगर्नु होस् ।’

बलिउडमा बप्पी लहिरीको छवि ‘गोल्ड म्यान’ को छ । उनी भन्छन्-‘मैले प्राय ठाउँहरुमा भनिसकेको छु–बप्पी लहिरी इज गोल्ड म्यान । मेरो लागि सुन भाग्यशाली छ । मैले जहिलेदेखि सुन लगाउन थालें, त्यही दिनदेखि मेरा एकपछि अर्को गदै सबै गीतहरु लोकप्रिय हुन थालें ।’

यति मात्र होइन, बप्पी लहिरी आफ्ना सुनका गहनाहरु अरु कसैलाई पनि दिंदैनन् । उनी भन्छन्-‘मैले घाँटीमा जुन सिक्री लगाइरहेको छु, यो त म कसैलाई दिंदै दिन्न, किनभने म यिनीहरुलाई आफ्नो रक्षक मान्छु, यीनकै आशीर्वादले म अघि बढिरहेको छु ।’

बलिउडका थुप्रै वटा फिल्महरुमा केही कलाकारहरुले उनको जस्तै रुप धारण गरेर कमेडी प्रस्तुत गरिसकेका छन् । त्यस प्रकारको नक्कल तथा कमेडी बप्पी लहिरीलाई भने मन परेको रहेनछ । फलस्वरुप, बाध्य भएर उनले आफ्नो लूकमै कपिराइट लगाइदिएका रहेछन् ।

आफ्नो हुलियाको कपिराइट ?

आफ्नो सिर्जनामाथि अरुले दावी गर्न सक्छन्, अरुले नक्कल गर्न सक्छन् भनेर सर्जकहरु शसंकित रहन्छन् । उनीहरुको शंकालाई ढुक्क बनाउने कानुनी विधी छ, कपिराइट लिने । जबकि बप्पी लहिरीले आफ्नो लूकमा कपी राइट लगाएका हुन् । यसले आगामी दिनमा निर्माण हुने कुनै पनि भाषाको फिल्ममा उनको जस्तो रुप धारण गरेर उनको नक्कल अथवा क्यारिकेचर गर्न पाइने छैन ।

कपिराइटबारे बप्पीको बकपत्र

हाम्रो फिल्मकर्मीहरु निकै तेज छन् । उनीहरु कुनै पनि कलाकारलाई मेरो जस्तै कपडा, सुनको ब्रासलेट र सिक्री लगाइदिएर कमेडी गराइरहेका थिए । मलाई भने त्यो दृष्यले मेरै अपमान भैरहेको अनुभव गरायो । अब भने त्यस्तो कसैले पनि गर्न पाउने छैन ।

हरेक व्यक्तिले के सौच्दछन भने हातमा सुनको ब्रासलेट, घाँटीमा सुनको सिक्रि लगाउने बित्तिकै बप्पी लहिरी बन्न सकिन्छ । तर यसरी कुनै पनि व्यक्ति बप्पी लहिरी कसरी बन्न सक्छ ? बप्पी लहिरी बन्नका लागि धेरै नै तपस्या गर्नु परेको छ । वाक्क भएर अहिले आएर मैले आफ्नो लूकको कपिराइट गरिदिएको छु । यदि कुनै पनि फिल्ममा मेरो लुकलाई कसैले नक्कल ग¥यो भने, उनीहरुलाई म लाखौं डलरको मुद्दा हाल्ने छु । साँच्चै भन्दैछु, धेरै वटा फिल्महरुमा मैले के देखेको छु भने केही कलाकारहरुले मेरो जस्तो कपडा लगाएर र सुनका गहना गाएर कमेडी गरिरहेका छन् । त्यो देखेर मलाई भित्रभित्रै नरमाइलो लाग्यो । त्यसैले अब मैले कपिराइट गरिदिएपछि कसैले पनि त्यसलाई नक्कल गर्न पाउने छैन ।

मेरो यो स्टाइल विश्वभरी नै लोकप्रिय छ । जहाँ जहाँ एशियनहरु बसोबास गर्छन्, उनीहरुलाई थाहा छ त्यस प्रकारको पहिरन बप्पी लहिरीले मात्र लगाउँछ । एक पटक म जाडो मौसममा न्यूयोर्क गएको थिएँ, त्यहाँ निकै चिसो थियो, त्यसैले मैले चिसोबाट बच्नका लागि बाहिरबाट तातो पहिरन लगाएको थिएँ । उक्त पहिरनले मेरा सुनका गहनाहरु बाहिरबाट छोपिए । एक जना व्यक्ति आएर मलाई सोधे-बप्पीजी, तपाईंको सुनको सिक्री खै ? पुरै भारतमा यस्तो कुनै गायक छैन, जसले म जस्तै गरी सुन लगाएर हिँड्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?