+
+

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १२:४६

२८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् ।

उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिएको ७ जनाको टोलीले पक्राउ गरेको हो ।

कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अमर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?