+
+

काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते १४:१६

२९ असोज, काठमाडौं । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।

शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।

आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारणहरु बडा दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?