

३१ असोज, काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दशैंको बिचमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मूनाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ६६ लाख ९२ हजार रुपैयाँ नाघ्नेछ ।
कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment