+
+

टी-२० विश्वकप : बंगलादेशमाथि स्कटल्याण्डको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:२४

काठमाडौं । क्रिस्टोफर ग्रिभ्सले अलराउण्ड प्रदर्शन गरेपछि स्कटल्याण्डले आइसीसी टी-२० विश्वकपमा टेष्ट राष्ट्र बंगलादेशमाथि शानदार जित हात पारेको छ ।

ओमानमा भइरहेको पहिलो चरण अन्तर्गत समूह बी को खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ३८ रन बनाए । कप्तान महमदुल्लाहले २३ र शकिब अल हशनले २० रन जोडे । स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा ग्रिभ्सले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाएर १४० रन बनाएको थियो । ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा क्रिस्टोफर ग्रिभ्स र मार्ट वाटले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

ग्रिभ्सले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४५ रन बनाए । वाटले २२ रन जोडे । सफयान सरिफ ८ रनमा अविजित रहे ।

बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब अल हशन र मुस्कताफिजुर रहमानले समान २ विकेट लिए ।

स्कटल्याण्ड विरुद्ध २ विकेट लिएपछि शकिब टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक १०८ विकेट लिने खेलाडी बनेका छन् । उनले श्रीलंकाका लासिथ मालिंगालाई पछि पारे । मालिंगाले १०७ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?