+
+

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १०:५१

२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको जानकारी अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार *खतिवडाको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ ।

भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।

(*पेशल कुमार खतिवडा हुनुपर्नेमा पोखरेल भएकाले सच्चाइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?