+
+

ठूलीगाडको बाढीमा श्रीमान्-श्रीमती फसे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १३:४२
फाइल तस्वीर

२ कात्तिक, धनगढी । कैलालीको ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए ।

उनीहरुको उद्दारका लागि हेलीकप्टर धनगढी पुगेको भएपनि प्रतिकुल मौसमका कारण समस्या भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ ।

टीकापुर नगरपालिका–५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment