+
+

गोरखामा जीप दुर्घटना हुदाँ ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १५:४३

२ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका-८ कुनागाउँमा मंगलबार बोलेरो जीप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा सोही गाउँपालिकास्थित दर्वुङकी प्रतिमा पोखरेल, सुष्मा श्रेष्ठ, फुजेलका बिवेक सिंखडा, सुनिल थापा, जेनिषा श्रेष्ठ र धादिङको ज्वालामुखी गाउँपालिकाकी स्मिता कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाइतेमध्ये दुई जनालाई थप उपचारको लागी काठमाण्डौको बिर अस्पताल रिफर गरिएको र बाँकीको राजमार्ग सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको ट्राफिक हवल्दार टिका शर्माले बताए ।

फुजेलबाट वेनिघाट जाँदै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको हो । चालक नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?