+
+

‘बुलाकी’मा नरेन र सुरक्षाको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १७:५६

चलचित्र ‘बुलाकी’को निर्माण हुने भएको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको केही दिनमै छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रमा नायक नरेन खड्का र नायिका सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गर्दैछन् । मोती बिष्ट र गोपाल बिष्टको लगानीमा निर्माण हुन लागेको यो चलचित्रलाई डोल्पाका विभिन्न रमणीय स्थानमा छायांकन गरिनेछ । चलचित्रमा नरेन र सुरक्षासँगै विराज बिष्ट, प्रेमदेव गिरी, सुशिल पोखरेल, लक्ष्मी गिरी, कुलदिप अधिकारी, अप्सना थापा, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो चलचित्रले जारी प्रथाको बिषयलाई बोल्नेछ । अर्काकी श्रीमती बिहे गरेपछि पहिलो श्रीमान्लाई दोश्रो श्रीमान्ले तिनुपर्ने क्षतीपुर्तीको कथामा चलचित्र बन्न लागेको निर्माणपक्षले बताएको छ ।

डोल्पाकै बोलीचालीको भाषामा निर्माण हुन लागेको चलचित्रका केही दृश्यलाई मेक्सिकोमा पनि खिचिनेछ । राजबहादुर सानेको कथा, राजबहादुर, निर्मल पौडेल र निर्देशक सुनारको पटकथा रहेको चलचित्रलाई शिव ढकालले खिच्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?