
बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मिडियामा खासै रमाउन नचाहने युवक हुन् । उनी, अधिकांश समय शान्त देखिन्छन् । मिडियाको अगाडि पनि उनी शान्त रुपमा प्रकट भएको देखिन्थ्यो । उनै, आर्यन विगत केही सातादेखि ड्रग्सको मुद्दामा जेलमा छन् ।
आर्यन खानलाई जमानत मिल्ने वा नमिल्ने बिषयमा भोली बुधबार निर्णय हुनेछ । मुम्बइको क्रुज पार्टीमा आर्यनसहित उनका केही साथीलाई एनसीबीले पक्राउ गरेको थियो ।
आर्यनको साथबाट केही पनि बरामद नभएको पुष्टी भैसकेको छ । तर, पनि उनी जेलमा रहेको बिषयमा भारतमा चर्को आलोचना भैरहेको छ । अधिकांशले यसलाई साहरुख खान विरुद्ध बीजेपी सरकारले चालेको चालको रुपमा लिएका छन् ।
यसैविच, आर्यनलाई राखिएको जेलबाट सोमबार मात्र रिहा भएका श्रवण नडार नामका व्यक्तिले दैनिक भास्करसँग कुराकानी गर्दै आर्यनको दिनचर्याको बारेमा जानकारी दिएका छन् ।
श्रवणका अनुसार, आर्यनले जेलको कुनै पनि खानेकुरा खाएका छैनन् । उनी, आफूलाई प्राप्त हुने खानेकुरा अन्य कैदीहरुलाई दिन्छन् र एकान्तमा टोलाएर बस्छन् ।
श्रवणले भास्करसँगको कुराकानीमा बताए अनुसार, आर्यनलाई जेलमा भीपीआइपीको व्यवहार गरिएको छैन । उनी र उनका साथीहरुलाई एक साथा क्वारेन्टाइनमा राखेपछि १ नम्बरको ब्यारेकमा लगिएको हो । जहाँ, एक ब्यारेकमा ४ सेल छन् । एक सेलमा १०० जना कैदी बस्ने गरेको श्रवणले दिएको जानकारीमा उल्लेख छ ।
श्रवणका अनुसार, आर्यनले पहिलो दिन मात्र जेलको चिया पिएका थिए । यसपछि, उनले जेलको कुनै पनि खानेकुरा खाएका छैनन् । उनले क्यान्टिनबाट विस्कुट, चिप्स मगाएका थिए । उनले, मिनिरल वाटर पिउने गरेका छन् ।
आर्यनले आफूलाई भोक नलागेकाले केही पनि नखाएको बताउने गरेका छन् । उनी, अधिकांश समय मौन बस्ने गर्छन् र कोहीसँग पनि कुराकानी गर्दैनन् ।
आर्यनले आफ्नो घरबाट आएको टी–सर्ट र जिन्स लगाउने गरेका छन् ।
प्रतिक्रिया 4