+
+

इटलीमा फुटबल खेल्ने विकास नेपाल आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ९:३१

काठमाडौं । युरोपियन राष्ट्र इटलीमा फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लिया नेपाल आइपुगेका छन् ।

विकास मंगलबार बेलुका नेपाल आएका हुन् । उनले १३ वर्षपछि नेपाल फर्किएको भन्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिँदै गर्दा विकास लिग खेल्न नेपाल आएका हुन् । लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

इटलीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास हाल इटलीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् । स्यालरी स्पोर्ट्स डट कमका अनुसार उनको वार्षिक कमाइ १२ हजार पाउण्ड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?