+
+
Shares

विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको प्रयासमा कोभिडले असर गर्‍यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:१२

३ कात्तिक, काठमाडौं । सिकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको प्रयासमा कोभिड-१९ ले अकल्पनीय असर गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

आगामी नोभेम्बरमा आयोजना हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्रीस्तरीय बैठकलाई मंगलबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने प्रयासलाई कोभिड-१९ को अकल्पनीय महामारीले असर पुर्‍याएको र सन् २०३० भित्रमा दिगो विकास लक्ष्य पूरा गर्नको लागि चुनौती थपिएको भन्दै उनले विश्व व्यापार संगठन, संयुक्त राष्ट्र संघ तथा अन्य बहुपक्षीय दातृ निकायले संक्रमणकालीन सहायता बढाएर दिगो विकासको लक्ष्य पूरा गर्न सहयोग गर्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । अति कम विकसि देशहरुका लागि कोभिड-१९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ । अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुनु) जस्ता बहुआयामिक चुनौतीहरु रहेको भन्दै उनले त्यसको समाधान गर्न साझा पहलको आवश्यकता औंल्याए ।

अति विकसित देशहरुले अति कम विकसित देशको बजार पहुँचका लागि ‘ड्यूटी फ्रि, कोटा फ्रि’ (भन्सार तथा कोटा सुविधा) सुविधा उपलब्ध गराउनुपर्ने र व्यापार पूर्वाधारका लागि निःशर्त सहयोग बढाउनुपर्नेमा समेत उनको जोड छ । नेपाल जस्तो कम विकसित मुलुकमा जलवायु परिवर्तनको जोखिम रहेको हुँदा विकसित देशहरु र विकास साझेदारहरुले वित्तीय तथा प्राविधिक सहयोग बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?