+
+

विस्थापितलाई राहत सामग्री पुर्‍याउन डोटीमा हेलिकप्टरको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १९:२८

३ कात्तिक, डोटी । आइतबार साँझदेखि लगातार परेको बर्षाका कारण डोटीको आदर्श गाउँपालिका–६, बविनामा २० घर बगेका छन् ।

घर बगेर विस्थापित भएका परिवारलाई हेलिकप्टरमार्फत राहत सामग्री उपलव्ध गराइदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टको संयोजकत्वमा बसेको बैठकले बर्षाका कारण सडक यातायात अवरुद्ध भई जिल्ला सदरमुकामबाट तत्काल राहात सामग्री उपलव्ध गराउन नसक्ने भएकोले करीव एक सय ५० व्यक्तिहरुलाई तत्काल हेलिकप्टरमार्फत राहात सामग्री पुर्‍याउन आग्रह गरेको हो ।

करिब ३०/४० परिवारका एक सय ५० भन्दा बढी व्यक्तिहरुका लागि खाद्यान्न लगायतको सामग्री हेलिकप्टरमार्फत उपलव्ध गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

हालसम्म जिल्लामा बाढी पहिरोका कारण १४ जनाले ज्यान गुमाएका छन् र १२ जना घाइते भएका छन् । एक सय १० घर जोखिममा रहेको र पाँच सय परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

थप एक जनाको मृत्यु

बर्षातका कारण डोटी जिल्लामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सायल गाउँपालिका–४ का २६ वर्षीय जंगी विष्टको घरमा च्यापिएर मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?