 
																			४ कात्तिक, काठमाडौं । प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।
उनीहरुलाई कात्तिक २ गते बिहान ८: बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।
हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4