+
+

दक्षिण कोरियाले अन्तरिक्षमा पहिलो पटक पठायो स्वदेशी रकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १६:३८

४ कात्तिक, काठमाडौं । दक्षिण कोरियाले पहिलो पटक स्वदेशमा निर्मित रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।

दक्षिण कोरियाले बिहीबार सफलतापूर्वक स्वदेशमा निर्मित रकेट परीक्षण गरेको हो । उक्त परीक्षणसँगै दक्षिण कोरिया अन्तरिक्षको अन्वेषण तथा खोज गर्न सक्ने मुलुकको सूचीमा पर्न सफल भएको छ ।

टेलिभिजनमार्फत् सार्वजनिक भएका तस्बिरमा कोरियन सेटलाइट लन्च भेहिकल-२ नामक रकेट गोहेउङस्थित प्रक्षेपण केन्द्रबाट आगोको ज्वाला निकाल्दै माथि उडेको देखिएको थियो । अनौपचारिक रुपमा ‘नुरी’ अर्थात् ‘विश्व’ पनि भनिने उक्त रकेट स्थानीय समय अनुसार दिउँसो चार बजे प्रक्षेपण गरिएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले बताए ।

South Korea's homegrown rocket lifts off

डमी सेटलाइटसहितको ‘नुरी’लाई राजधानी सिओलबाट पाँच सय किलोमिटर दक्षिणस्थित नारो स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । स्वदेशमा निर्मित रकेटको तौल दुई सय टन र लम्बाइ ४७. २ मिटर रहेको अन्तर्राष्ट्रिय सञ्‍चामाध्यमले जनाएका छन् ।

कुल ६ इन्जिन रहेको सो रकेटले पृथ्वीबाट आठ सय किलोमिटर माथिसम्म उडेर साढे एक टन बराबरको पेलोड अन्तरिक्षको कक्षमा पुर्‍याउन सक्छ । १० वर्षको अवधिमा एक अर्ब ६० करोड अमेरिकी डलर लागतसहित उक्त रकेट निर्माण गरिएको हो ।

एसियामा चीन, भारत र जापानसहितका अति थोरै मुलुकले मात्रै अत्याधुनिक अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बिहीबारको परीक्षणपछि उक्त सूचीमा दक्षिण कोरिया समेत थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?