+
+

अरुण-४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:२०
प्रतीकात्मक तस्वीर

५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो ।

माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताए । अब प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजनाको निर्माण गर्नेछ ।

माथिल्लो अरुण प्राधिकरणले ‘डिटेल इन्जिनियरिङ’ गरिरहेको एक हजार मेगावाटको आयोजना हो भने विद्युत् विकास विभागले अध्ययन गरिरहेको अरुण–४, ४९० मेगावाटको अर्को आयोजना हो ।

प्रदेश–१ को संखुवासभाको भोटखोला र मकालु गाउँपालिका भएर बग्ने अरुण नदीको पानी प्रयोग गरेर अरुण ४ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।

यो आयोजना नदी प्रवहामा आधारित( आरओआर)मा निर्माण गरिनेछ । अरुण नदी र लेक्सुवा खोलाको दभानभन्दा १३० मिटर दक्षिण तथा कपासे र गोला बस्तीभन्दा उत्तरतर्फ १४ मिटरको बाँध बााधेर नदीलाई २.५५७ किलोमिटरको सुरुङ बनाउन प्रस्ताव गरिएको छ ।

सुरुङको पानीलाई भोगखोला गाउँपालिका ४ लामीवगरमा भूमिगत डिसेन्डरमा लैजाने योजना छ ।

सो स्थानबाट पानीनलाई पुनः मकालु गाउँपालिका-३ हुँदै ६.८२४ किलोमिटर लामो सुरुङबाट सजुवाबेसीमाबन्ने भूमिगत विद्युत गृहमा खसाउने योजना छ । विद्युत उत्पादनपछि ४७३.४ मिटर लामो टेलरेस सुरुङमाट सो पानीलाई फेरि अरुणमा खसाल्ने गरी आयोजनाको अध्ययन भएको छ।

यो आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहनेछ । निर्माणका लागि ४६ हेक्टर सरकारी र ३९ हेक्टर निजी जमिन प्रयोग हुनेछ ।

अरुण नदीमा अरुण तेस्रो र तल्लो अरुण भारतीय कम्पनी सतलज विद्युत निगमले बनाउन जिम्मा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?