+
+

पर्सामा जुवाखालबाट १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १६:५१

५ कात्तिक, पर्सा । प्रहरीले पर्सागढी नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाईगोठमा जुवातास खेलिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मनवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-३का ३० वर्षीय कोशिया ठाकुर, पर्सागढी नगरपालिका-३ कै २६ वर्षीय बिरेन्द्र सहनी, पर्सागढीनगलपालिका ३ का २९ वर्षीय सुरेश साह, पर्सागढी नगरपालिका-१ का २४ वर्षीय गोवर्धन राम, पर्सागढी नगरपालिका-२ का ३६ वर्षीय मोतिलाल चौधरी र सखुवापर्सौनी गाउँपालिका-१का ३२ वर्षीय प्रमोद ओझैया रहेका छन् ।

यस्तै सखुवाप्रसौनी गाउपालिका-१का ३४ वर्षीय दिनेश दास थारु, सखुवा प्रसौनी -१ कै ३६ वर्षीय राकेश ख्वास थारु, पटेर्वासुगौली गाउँपालिका-१का २५ वर्षीय ज्वाला गिरी, जितपुरसिमरा उपमहानगरपालिका-७का ३० वर्षीय नन्दु मुखिया, जितपुरसिमरा उपमहानगरपालिका-७ कै २२ वर्षीय प्रमोद राउत र सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षीय अनिल जयसवाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ लाख ७१ हजार नगद र १७ बुक तास प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?