+
+

इटालीबाट आएका विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:०१

५ कात्तिक, काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको हो । च्यासल ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै च्यासल युथ क्लबले विकाससँग लिगका लागि सम्झौता गरेको हो ।

इटालियन सिरी ए क्लब एटलान्टाको युथ टिमबाट खेल्ने विकास ए डिभिजन लिग खेल्न मंगलबार काठमाडौं आएका हुन् । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास १३ वर्षपछि नेपाल आएका हुन् ।

विकासले च्यासलमा अनुबन्ध हुँदा खुशी लागेको प्रतिक्रिया दिए ।

यही कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिगका लागि च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबबाट विराज महर्जन र मनाङ मस्र्याङ्दीबाट कमल श्रेष्ठलाई भित्र्याइसकेको छ । दुवै जना डिफेन्डर हुन् र यसअघि आफ्नो क्लबमा कप्तान समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?