+
+

सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १३:३८

६ कात्तिक, सुर्खेत । नेकपा (एमाले) सुर्खेतको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्राविधिक कारण देखाउँदै अधिवेशन तीन दिन पछि सारेको हो ।

एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । तर सुर्खेतमा भने कात्तिक ९ गते मात्रै वडाधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । त्यस्तै कात्तिक १५ गते पालिका अधिवेशन गर्ने तयारी भएको शाहीले बताए ।

यसअघि पार्टीले वडा अधिवेशनको लागि कात्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो ।

अधिवेशनको थप तयारीका लागि भन्दै एमाले सुर्खेतले आज (शनिबार) जिल्ला कमिटी बैठक बोलाएको छ । जिल्ला कमिटी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधिहरु तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?