+
+

‘ओ माई गड २’मा भगवान् शिवको अवतारमा देखिदै अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते ११:४४

बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ । अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् ।

यो चलचित्रमा उनी भगवान् शिवको भूमिकामा देखिदैछन् । उनको साथमा कलाकार पंकज त्रिपाठी मुख्य भूमिकामा छन् ।

सन् २०२१ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’मा अक्षय भगवान् कृष्णको भूमिकामा देखिएका थिए । अक्षयले एउटा महत्वपूर्ण सामाजिक मुद्दालाई यो चलचित्रले उठान गर्ने उल्लेख गरेका छन् ।

यो चलचित्रलाई अमित रायले निर्देशन गर्दैछन् । चलचित्रमा यामी गौतमको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन उज्जैनमा सुरु भएको छ । १७ दिनसम्म चलचित्रको छायांकन उज्जैनमा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन महाकाल मन्दिर, रामघाट, कालभैरव मन्दिर लगायतका स्थानमा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?