+
+

३ महीनामै बोलेका र ६ महीनामै उभिएका अद्भूत बालक, आइन्स्टाइनको भन्दा अब्बल आइक्यू

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:४४

कतिपय बालबालिकाहरु विलक्षण प्रतिभाका हुन्छन् । बेलायतको विम्बल्डनमा बस्ने सात वर्षका लिओ गोमेज फान्क्वेरा त्यस्तै अद्भूत बालक मध्ये एक हुन् ।

तीन महिनाको उमेरदेखि नै बोल्न सुरु गरेका गोमेजले अहिले पाँचवटा भाषामा फरर्र बोल्न सक्दछन् । उनको आइक्यू क्षमता महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भन्दा अब्बल रहेको मनोविद्हरुले गरेको परीक्षणबाट पुष्टि भएको छ ।

गोमेजका अभिभावकहरुका अनुसार उनले तीन महीनाको उमेरमै पापा भनेर बोल्न सुरु गरेका थिए । साथै तीन महीनाको उमेरमै उनको दाँत पलाउन सुरु गरेको थियो भने ६ महीनाको उमेरमै उनी कसैको सहाराविना आफैं उभिन सक्ने भएका थिए ।

११ महीनाको उमेरमा उनले अंग्रेजी वर्णमालाका सबै अक्षरहरु भन्न जानिसकेका थिए भने एक वर्षको उमेरसम्ममा विश्वका सबै देशका झण्डा चिन्दथे ।

गोमेजकी आमा टेरेसा आफ्नो छोरा इश्वरको उपहार तथा निकै विशेष रहेको बताउँछिन् । छोरा केवल ४/५ महीनाको लागि मात्र खास बच्चाको रुपमा रहेको र त्यसपछि ठूलो मान्छेझैं ज्ञान तथा क्षमताले युक्त भएको उनको भनाइ छ ।

छोरालाई हुर्काउँदा आफूलाई तीनवटा बच्चा एकसाथ हुर्काएको जस्तो अनुभूति भएको भन्दै टेरेसाले उसले सधै केही न केही गर्न खोज्ने बताउँछिन् ।

स्पेनी मूलका टेरेसा र उनका पति इनाकी सान पेड्रोले छोराको असाधारण अवस्था देखेर दुई वर्षको उमेरमा मनोविद्लाई देखाउने निधो गरे ।

मनोविदसँगको परामर्श तथा मूल्यांकनका क्रममा गोमेजको आइक्यू क्षमता अल्बर्ट आइन्स्टाइन तथा स्टेफन हकिंग्सको भन्दा उच्च रहेको पाइयो । योसँगै उनी विश्वमा सर्वाधिक क्षमतायुक्त आइक्यू भएका दुई प्रतिशत मानिसको समूहमा पर्न सफल भए ।

त्यसपछि उनलाई विश्वको सबैभन्दा पुरानो तथा ठूलो उच्च आइक्यू समाज मेन्सामा आमन्त्रण गरियो । दुई वर्षको उमेरमै उनी मेन्साको सबैभन्दा कम उमेरको सदस्य बने । उनलाई पाँच भाषाको ज्ञान छ भने चार भाषामा त एकसाथ दोहोरो सम्वाद गर्न सक्दछन् । साथै उनले एकसाथ विभिन्न बाजाहरु पनि बजाउन सक्दछन् । उनले विश्वका सबै देशका झण्डाहरु चिन्दछन् ।

मिरर डट को डट युकेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?