+
+

मिर्मिरे लघुवित्तको सीईओमा जोशी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १४:४३

७ असोज, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । भोलि सोमबारदेखि लागू हुने गरी संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्राजीनामा दिएपछि मिर्मिरे लघुवित्तमा सीईओ पद रिक्त थियो । कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका जोशी पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थिए ।

जोशीसँग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?