+
+

बाढीपीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिन्छौं : मन्त्री रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १५:१३

७ कात्तिक, काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताएकी हुन् ।

आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले त्यसका लागि स्थानीय सरकारसँग तथ्यांक लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई के गर्न सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिने जानकारी समेत दिइन् ।

मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको पनि स्पष्ट पारिन् ।

‘महिला, बालबालिकाहरु हरेक प्रकोपमा बढी प्रभावित हुन्छन्। कोभिडमा पनि महिला, बालबालिका बढी प्रभावित भए । अहिले बाढी, पहिरो, भुकम्प जे मा पनि उनीहरु धेरै प्रभावित भएका छन्। सरकारले गर्दा समग्रतामा गर्ने हो । स्पेसिफिक होईन।’ उनले भनिन्,’तर त्यसको तथ्यांक संकलन गरेर स्थानीय सरकारले राहत दिने कुरा हो । त्यसको सत्यतथ्य आँकडा स्थानीय सरकारसँग लिएर त्यसमा के गर्न सकिन्छ ? त्यो कुरामा चाँहि छलफल गर्दैछौं ।’

बाढीपहिरो पीडितको सत्यतथ्य आँकडा स्थानीय सरकारसँग लिएर राहत दिने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्री रेग्मीले सरकारले स्थलगत अवलोकन गरेरै बाढी, पहिरो, डुबान प्रभावितहरुलाई राहत दिने तयारी गरेको र त्यसका लागि प्रधानमन्त्री आफैं स्थलगत अवलोकनमा गइरहेको स्मरण गराइन् । उनले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारहरुलाई आग्रह समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?