+
+

खेम र जानुकाको स्वरमा तिहार गीत ‘राजाको दरबार’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १८:१२

‘रम रम मरौटी’पछि गायक खेम सेञ्चुरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । खेम र जानुका तामाङ्गको स्वरमा ‘राजाको दरबार’बोलको तिहार गीतको भिडियो आइतबार सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक खेमले नै संगीत दिएका छन् ।

याम गुरुङको नृत्य निर्देशन, कुमार केसीको निर्देशनमा बनेको भिडियोमा रामचन्द्र अधिकारी, याम गुरुङ, रीना थापा मगर, बबिन सिंह ठकुरी लगायतलाई हेर्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । ‘राजाको दरबार’को भिडियो गायिका जानुकाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?