
८ कात्तिक, काठमाडौं । चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि कानून बनाएको यो पहिलो पटक हो । चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ ।
चीनको सिमाना नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनामसँग सीमा जोडिएको छ ।
यो कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको अवस्था र दक्षिणपूर्वी एसियाबाट कोरोना महामारीलाई सुरक्षित राख्ने कोसिसको रुपमा पनि हेरिएको छ । यद्यपि यो कानून सीमा सुरक्षामा कति प्रभावकारी देखिन्छ भनेर एकिन भइसकेको छैन ।
तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको अवस्थामाथि चीनले चासो राख्दै आएको छ । अफगान शरणार्थीहरुका साथ शिनजियाङ्ग प्रान्तका विगर मुसलमानसँग सम्बन्ध राख्ने इस्लामी चरमपन्थीहरु सीमा पार गरेर भित्रिन सक्ने आशंका चीनलाई छ । भियतनाम र म्यानमारबाट अवैधरुपमा सीमा पार गर्नेहरुका कारण चीनलाई कोरोना संक्रमणबाट जुध्ने चुनौती पनि छ ।
त्यसो त भारतसँग जोडिएको सिमानामा पनि चीनको बेलाबेलामा तनाव हुने गर्दछ
प्रतिक्रिया 4