+
+

दरबारमार्ग प्रहरीको जिम्मा खड्कालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:०६

८ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ ।

यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेको भए पनि सत्तारुढ नेपाली कांग्रेस निकट खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो ।

धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले उनलाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलमा पनि डीएसपी ठगबहादुर केसीलाई पठाइएको छ । बुटवलका डीएसपी मदन कुँवर चार महीनामै हटाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?