+
+
Shares

गोरखामा अवैध सालको काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १२:५४

८ कात्तिक, गोरखा । अवैध रुपमा ओसारपोसार गर्न लागिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।

गोरखा नगरपालिका-९ लुदीखोलास्थित पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाइ राखेको १२ गोलिया सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

‘अवैध रुपमा सालको काठ ओसार पसार भइरहेको भन्ने गोप्य सूचना हामीले पाएपछि अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारबाट टोली खटायौ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने, ‘वन भित्र झाडीमा लुकाइ राखेको अवस्थामा १२ गोलिया काठ फेला पार्‍यौ ।’

काठ ओसार पसारमा संलग्नहरु भने फेला नपरेको र खोजी कार्य भइरहेको उनले जानकारी दिए । बरामद गरिएको काठ आवश्यक कारवाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?